FAQs Complain Problems

समाचार

प्राय सोधिने प्रश्नहरु

योजना भुक्तानी तथा फरफारक गर्दा चाहिने कागजातहरू :

  • भुक्तानी माग निवेदन
  • सम्बन्धित वडाको सिफारिस
  • कार्य सम्पन्‍न प्राविधिक मुल्याङ्‍कन
  • नगरपालिका स्तरीय अनुगमन समितिको प्रतिवेदन
  • प्रमाणित बिल भरपाईहरु
  • बीस हजार भन्दा माथिको सामाग्री खरिद भए अनिवार्य रुपमा भ्याट बिल
  • सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई प्रतिवेदन
  • योजना शुरु हुनु पुर्व सञ्‍चालन हुदैँ गर्दा र सम्पन्‍न भै सकेपछिको (३ चरणको) केही तस्वीरहरु
  • उपभोक्ता समितिले आय व्ययको सम्बन्धमा गरेको निर्णय प्रतिलिपि
  • पाँच लाख भन्दा माथिको योजनाको हकमा अनिवार्य रुपमा होडिङबोर्ड राखिएको फोटोहरु
  • मेसिनरी उपकरणबाट काम गरेको भए सो को अनिवार्य रुपमा भ्याट विल
  • कार्यादेश तथा सम्झौता 

योजनाको पेश्की माग गर्न आवश्यक कागजातहरू :

  • पेश्की माग निवेदन
  • योजना सम्झौताको प्रतिलिपि
  • प्राविधिक स्टिमेट
  • सम्बन्धित वडाको सिफारिस
  • नागरिकताको प्रतिलिपि

नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् |

  • प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी
  • सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको)
  • जन्म दर्ता
  • शैक्षिक योग्यताको प्रमाण–पत्रविवाह दर्ता, बसाईसराई दर्ता
  • अस्थायी निस्सा

धरौटि फिर्ता सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :

  • व्यहोरा सहितको निवेदन
  • योजना तथा अनुगमन शाखाप्रमुखको सिफारिस
  • कार्यालय प्रमुखको तोक आदेश
  • निवेदन दर्ता
  • धरौटी फिर्ताको निर्णय
     

स्थानीय स्तरमा विकास आयोजना  संचालनको प्रक्रिया निम्न अनुसार हुन्छ | 

१.उपभोक्ता समिति गठन |

२.उपभोता समिति संग योजना सम्झौता |

३.उपभोक्ता समितिको बैंक खाता खोल्ने |

४.काम सम्पन्न भए पछि योजना फरफारक को काम |

घर जग्गा नामसारी सिफारिसको लागि चाहिने कागजातहरु निम्न हुन |

१.घर जग्गा नामसारी सम्बन्धि बिस्तृत विवरण खुलेको निवेदन |

२.निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी|

३.मृतक र निवेदक बिचको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपी|

४.सर्जमिन मुचुल्का गरि बुझ्नु पर्ने भए सर्जमिनमा साँची बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपी|

५.चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |

तपसिलका कागजातहरु लगेर बैंक मा जादा उपभोक्ता समितिको बैंक खाता खुल्छ |

१.योजना उपभोक्ता समितिको निर्णयको छाया कपि |

२.अध्यक्ष ,कोशाध्यक्ष र सचिवका फोटा र नागरिकता प्रमाण पत्रको प्रतिलिपी |

३.खाता खोल्ने बैंकको दस्तखत नमुना फाराम |

४.सम्बन्धित बैंक लाई गाउँपालिकाको खाता खोल्ने सिफारिस पत्र |

१.वडा प्रतिनिधिको रोहबरमा योजनाको उपभोक्ता समिति गठन गर्ने |

२.योजना सम्झौताको लागि वार्ड कार्यालयको सिफारिस |

३.प्राबिधिक लागत इस्टिमेट |

४.योजना निर्माण उपभोक्ता समितिको छाप |

५ .योजना निर्माण उपभोक्ता समितिका अध्यक्षको निबेदन |

६.योजना उपभोक्ता समितिका पधाधिकारिको नागरिकताको प्रतिलिपी |

७.योजनाको सम्झौता पत्र |

मृतक सँगको  नाता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् |

१) निवेदन तथा नाता खुल्ने प्रमाणपत्रकोे प्रतिलिपि
२) हकदारहरुका नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
३) मृत्यू दर्र्ता प्रमाणपत्रकोे प्रतिलिपि
४) मृतकका नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
५) हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रकोे प्रतिलिपि
६) वसाँई सरी आएको हकमा बसाई सराईको प्रतिलिपि
७) हकदारहरुका पासपोर्ट साईजका फोटो ४ प्रति
८) स्थानीय सर्जमिन मुचुल्का
९) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का

नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् |

१)  निवेदन  पत्र  र  आमारबुबाका  का  नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) विवाहित  महिलाको  हकमा  पतिरआमारबुबाको नागरिकता प्रमाण पत्रकोे प्रतिलिपि
४) चारित्रीक प्रमाणपत्रकोे प्रतिलिपि (बिद्यार्थीका हकमा)
५) विवाह दर्ता प्रमाणपत्रकोे प्रतिलिपि (बिबाहिताका हकमा)
६) बसाँईसरी आएको हकमा बसाँइ सराईको प्रमाण पत्रको  प्रतिलिपि
७) दुवै कान देखिने पासपोट साईजका फोटो २ प्रति
८) चालुुआ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
१०) प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको  प्रतिलिपि

Pages