FAQs Complain Problems

समाचार

प्राय सोधिने प्रश्नहरु

जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :

  • जन्मको अनुसूची–२ (नियम ५ संग सम्बन्धित) बमोजिमको सूचना फाराम (भरेको हुनुपर्ने)
  • आमा/बाबुको विवाहदर्ताको प्रतिलिपि
  • आमा/बाबुको नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
  • सूचकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • कर्मचारीको छोराछोरीको हकमा सम्बन्धित कार्यालयको सिफारिस
  • आमा-बाबु बसाई सराई भै आएको भए सोको प्रतिलिपि
  • अस्पतालमा जन्मिएको भए सोको प्रमाणको प्रतिलिपि
  • वडाको किटानी सिफारिस
  • दस्तुर न.पा.को नियमानुसार
  • माथि उल्लेखित प्रक्रिया पुरा भएपछि अनुसूची–१२ अनुसारको प्रमाण–पत्र उपलब्ध गराईनेछ

धरौटी फिर्ता सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :-

  • व्यहोरा सहितको निवेदन 
  • योजना तथा अनुगमन शाखा प्रमुखको सिफारिस 
  • कार्यालय प्रमुखको तोक आदेश 
  • निवेदन दर्ता 
  • धरौटी फिर्ताको निर्णय   

घरजग्गा नामसारी सिफारिस सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :-

  • मृत्यु दर्ता प्रमाण पत्र प्रतिलिपि 
  • नाता प्रमाणित प्रमाण पत्र सिफारिस प्रतिलिपि 
  • नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि / १६ वर्ष नापुगेकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि 
  • अंशबन्डा भए बण्डापत्र प्रतिलिपि 
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि तथा सक्कल नागरिकता प्रमाणपत्र 
  • वडा सचिवको किटानी सिफारिस 
  • गत बर्षसम्म न.पा. लाई सम्पूर्ण कर बुझाएको प्रमाण 
  • स्थलगत वडा सर्जमिन मुचुल्का 
  • व्यवसाय दर्ता प्रमाण पत्र प्रतिलिपि (व्यवसाय हकमा) घर बहाल कर तिरेको रसिद 

 

Pages